शिवम् सिमेन्टसले ५२ करोड ८० लाख रुपैयाँको आईपीओ निष्कासन गर्दै

<p>काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले ५२ करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । शिवम्ले१२ प्रतिशत अर्थात ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्कासन गर्ने शिवम् संभवत नेपालको पहिलो सिमेन्ट कम्पनी हो । कम्पनीले सिमेन्ट कारखाना प्रभावित स्थानीय बासिन्दा र [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले ५२ करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
शिवम्ले१२ प्रतिशत अर्थात ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

आईपीओ निष्कासन गर्ने शिवम् संभवत नेपालको पहिलो सिमेन्ट कम्पनी हो । कम्पनीले सिमेन्ट कारखाना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

जसअनुसार कारखाना प्रभावित स्थानीयलाई २ प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता र सर्वसाधारणलाई ४४ करोड रुपैयाँको ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । शिवम्को आईपीओ निष्कासको प्रारम्भीक अध्ययन सुरु भएको बोर्डले जानकारी दिएको हो ।

उद्योगको हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने भएकाे छ । गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो ।

शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ ।

उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो ।चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।

 

Share News