अर्थमन्त्री खतिवडाले भने : सरकारको ढुकुटी रित्तो छ

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्थालाई समेटेर ल्याउन लागिएको श्वेतपत्रका बारेमा संघीय संसदलाई जानकारी गराउदै राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको जानकारी गराएका हुन् । उनले बजेट अनुशासनको अभावले गर्दा सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको जानकारी दिए । श्वेतपत्रको पूर्ण विवरण अर्थ मन्त्रालयले पत्रकार सम्मेलन [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन् ।

मुलुकको आर्थिक अवस्थालाई समेटेर ल्याउन लागिएको श्वेतपत्रका बारेमा संघीय संसदलाई जानकारी गराउदै राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको जानकारी गराएका हुन् ।

उनले बजेट अनुशासनको अभावले गर्दा सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको जानकारी दिए । श्वेतपत्रको पूर्ण विवरण अर्थ मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्दै छ ।

अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सार्वजनिक निजी र सहकारी क्षेत्रलाई अघि बढाइ फराकिलो आर्थिक वृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

Share News