जनता बैंकको एकैसाथ ८ शाखाबाट कारोबार शुरु, शाखा संख्या १०६ पुग्यो

<p>काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ ८ नयाँ शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पाल्पाको रामपुर, कैलालीको टिकापुर, स्याङ्जाको वालिङ, काठमाडौंको महाराजगंज, ललितपुरको ग्वार्को, रुपन्देहीको नयाँमिल, नवलपरासीको दुम्किबास र बर्दियाको भुरीगाँउ शाखाबाट कारोबार संचालन गरेको हो । यी शाखा मध्ये बैंकले चैत रामपुर, टिकापुर र वालिङ शाखाको कारोबार गत चैत १५ गते देखि [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ ८ नयाँ शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पाल्पाको रामपुर, कैलालीको टिकापुर, स्याङ्जाको वालिङ, काठमाडौंको महाराजगंज, ललितपुरको ग्वार्को, रुपन्देहीको नयाँमिल, नवलपरासीको दुम्किबास र बर्दियाको भुरीगाँउ शाखाबाट कारोबार संचालन गरेको हो ।

यी शाखा मध्ये बैंकले चैत रामपुर, टिकापुर र वालिङ शाखाको कारोबार गत चैत १५ गते देखि कारोबार शुरु गरेको थियो । त्यसैगरी, बैंकले अन्य बाँकी शाखाको आज(शुक्रबार)देखि शुरुवात गरेको छ ।

यस सगै बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Share News