२१ करोड निक्षेप राख्न बैंक खोज्दै विद्युत प्राधिकरण

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१ लाख डलर (२१ करोड डलर) कल खातामा राख्न बैंकसंग प्रस्ताव आब्हान गरेको छ । विद्युत प्राधिकरणले आफुसंग भएको २१ लाख अमेरिकी डलर कल खातामा राख्नका लागि चैत २२ गते प्रस्ताव खोल्ने जानकारी दिएको छ । आफुलाई आवश्यक परेका बेला झिक्न मिल्ने गरी प्राधिकरणले कल खातामा रकम जम्मा गर्न लागेको [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१ लाख डलर (२१ करोड डलर) कल खातामा राख्न बैंकसंग प्रस्ताव आब्हान गरेको छ । विद्युत प्राधिकरणले आफुसंग भएको २१ लाख अमेरिकी डलर कल खातामा राख्नका लागि चैत २२ गते प्रस्ताव खोल्ने जानकारी दिएको छ ।

आफुलाई आवश्यक परेका बेला झिक्न मिल्ने गरी प्राधिकरणले कल खातामा रकम जम्मा गर्न लागेको प्राधिकरण संस्था वित्तीय विभागका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए ।

“जुन बैंकले बढी ब्याज दिने प्रस्ताव गर्छ हामी सोही बैंकमा रकम जम्मा गर्ने छौं” उनले भने । बैंकले बढीमा २१ लाख डलरसम्मका लागि प्रस्ताव गर्न सक्ने कोइरालाको भनाइ छ ।

Share News