माछापुच्छ्रे बैंकको एमथ्री प्लस बजारमा, ग्राहकलाई सुविधै सुविधा

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल मोबाइल मनी(एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग (एमथ्री प्लस) शुरु गरेको हो । उक्त सेवाका विशेषताहरु इन्टरनेट/जीपीआरएसमा आधारित, ग्राहकद्धारा आफै मोबाईलबाट मुद्दति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल मोबाइल मनी(एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग (एमथ्री प्लस) शुरु गरेको हो ।

उक्त सेवाका विशेषताहरु इन्टरनेट/जीपीआरएसमा आधारित, ग्राहकद्धारा आफै मोबाईलबाट मुद्दति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने आदि जस्ता थुप्रै सुबिधाहरु रहेको बैंकले जनाएको छ ।

साथै यसको प्रयोगबाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सकिने, विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने, सि-आस्वा भर्ने सुविधा तथा यो बैंकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ ।

हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Share News