सनराइज बैंकले शुरु गर्यो भाईबर सेवा, बैंकिङ्ग सेवाको सम्पूर्ण जानकारी लिन सकिने

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले भाईबर बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्नेछन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकहरुको मोबाइल नम्बर यस बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले भाईबर बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्नेछन् ।

भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकहरुको मोबाइल नम्बर यस बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ ।

बैंकले हाल ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा एटिम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News