नयाँ शहर ‘काठमाडौं उत्तर’को डिजाइन बनाउने ५ कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै पुन: टेण्डर प्रक्रियामा

<p>काठमाडौं । १० हजार रोपनी क्षेत्रफलमा बन्ने ‘काठमाडौं उत्तर’ नामक नयाँ शहरको डिजाइन (डीपीआर) निर्माणका लागि ५ कम्पनीबिच पुन टेण्डर प्रक्रिया सुरु भएको छ । डीपीआर निर्माणका लागि उपत्यका विकास प्राधिकरणमा यसअघि आवेदन परेका कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै रद्ध गरिएको थियो । प्राधिकरण समिती र कम्पनीबिच भएको छलफलबाट पुन ५ वटै कम्पनी योग्य रहेको [&hellip;]</p>

काठमाडौं । १० हजार रोपनी क्षेत्रफलमा बन्ने ‘काठमाडौं उत्तर’ नामक नयाँ शहरको डिजाइन (डीपीआर) निर्माणका लागि ५ कम्पनीबिच पुन टेण्डर प्रक्रिया सुरु भएको छ । डीपीआर निर्माणका लागि उपत्यका विकास प्राधिकरणमा यसअघि आवेदन परेका कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै रद्ध गरिएको थियो ।

प्राधिकरण समिती र कम्पनीबिच भएको छलफलबाट पुन ५ वटै कम्पनी योग्य रहेको निस्कर्षपछि कम्पनीलाई पुन टेण्डर प्रक्रियामा बोलाइएको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए ।

‘पहिले गरिएको टेण्डर प्रक्रियामा कम्पनीहरुले आवश्यक मापदण्ड पुर्याएका थिएनन, छलफलबाट कम्पनीले मापदण्ड पुरा गरेका छन्, कम्पनीलाई आवेदनको लागि १५ दिन दिइएको छ, छिटै कम्पनी छनोट हुनेछ’, तिवारीले विकासन्युजसँग भने ।

सामान्यतय टेण्डर प्रक्रयाको लागि ३० देखि ३५ दिन समयअवधि दिइने प्रचलन भएपनि पुन टेण्डर प्रक्रिया भएकोले १५ दिन मात्र दिइएको प्राधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले बताए । उनका अनुसार पुन टेण्डर प्रक्रियामा बिडीए, मल्टिी, सिनेका, ट्युस एण्ड फुल ब्रेज र सिभिल इन्फरमेटिभ सोलुसन रहेका छन् । टेण्डर प्रक्रियामा भाग लिने सबै कम्पनी नेपाली रहेका छन् ।

‘काठमाडौं उत्तर’ नामक यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसको पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।

यस बाहेक काठमाडौं आग्नेय र काठमाडौं नैऋत्य शहर डिजाइनको जिम्मा पाएको इएमआरसी कम्पनीले पहिलो महिनाको रिपोर्ट बुझाइसकेको छ । १ लाख रोपनी क्षेत्रफलम बन्ने इशान काठमाडौं शहर डिजाइनको जिम्मा फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले जिम्मा पाएको छ ।

सरकारले उपत्यकामा जनसंख्याको समानुपातिक वितरण गर्न नयाँ शहको निर्माणको सुरु गरेको हो ।

 

Share News