५ बैंकको ऋण नतिर्ने ९ जनालाई अदालत उपस्थित गराउँदै न्यायाधिकरण

<p>काठमाडौं । ऋण असुली न्यायाधिकरणले ५ बैंकको ऋण नतिर्ने ९ जनालाई अदालत उपस्थित गराउने भएको छ । नविल, प्रभु, एनआइसी एसिया, माछापुच्छ्रे र सनराइज बैंकको ऋण नतिर्ने ९ जनालाई न्यायाधिकरणले अदालत उपस्थित हुन गराउन लागेकाे हो । बैंकहरुले ऋण असुली गर्न न्यायाधिकरणमा उजुरी गरेपछि प्रतिवादीहरुलाई १५ दिन भित्र अदालत उपस्थित हुन आग्रह गरिएको न्यायाधिकरणका श्रेस्तेदार [&hellip;]</p>

काठमाडौं । ऋण असुली न्यायाधिकरणले ५ बैंकको ऋण नतिर्ने ९ जनालाई अदालत उपस्थित गराउने भएको छ । नविल, प्रभु, एनआइसी एसिया, माछापुच्छ्रे र सनराइज बैंकको ऋण नतिर्ने ९ जनालाई न्यायाधिकरणले अदालत उपस्थित हुन गराउन लागेकाे हो ।


बैंकहरुले ऋण असुली गर्न न्यायाधिकरणमा उजुरी गरेपछि प्रतिवादीहरुलाई १५ दिन भित्र अदालत उपस्थित हुन आग्रह गरिएको न्यायाधिकरणका श्रेस्तेदार भेषराज कोइरालाले बताए । ५ बैंकहरु वादी रहेको मुद्दामा नविल बैंकको चेतन खतिवडा, कुमार खतिवडा सहित ४ फरक मुद्दाका प्रतिवादी रहेका छन् ।

त्यसैगरी प्रभु बैंकको सुरेन्द्र बहादुर थापा क्षेत्री नेपाल ट्रेड कन्र्सन प्राली सहित ३ फरक मुद्दाका प्रतिवादी रहेका छन् । एनआइसी एसिया बैंकको भुलकुन यादव, कमार यादव प्रतिवादी रहेका छन् ।

यस्तै माछापुच्छ्रे बैकको सन्दिपमान श्रेष्ठ सहित २ फरक मुद्दाका प्रतिवादी रहेका छन् । सनराइज बैंकका सरोजा राजभण्डारी सहित २ फरक मुद्दाका प्रतिवादी रहेका छन् ।

न्यायाधिकरणका लेखा शाखा प्रमुख प्रकाश पराजुलीका अनुसार तोकिएको मितीमा प्रतिवादीहरुले प्रतिउत्तर पेश नगरेमा उनीहरुको कानूनी उपचारको बाटो सकिनेछ । साथै ऋण असुली ऐन अनुसार कारवाहि प्रक्रिया अघि बढ्नेछ ।

Share News