बुटवल पावरको एफपीओ बाँडफाँट, ५०१ रुपैंयाँको सेयर बाँडफाँट अघि नै ४८५ रुपैंयाँमा काराेबार

<p>काठमाडौं । बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँट भएको छ । बुधबार बुटवल पावर कम्पनीकै कार्यालयमा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एफपीओ बाँडफाँट गरेको हो । कुल जारी गरिएको एफपीओ सबै बिक्री नभएपछि आवेदकले सबैले मागेजति सेयर पाएका छन् भने नबिकेको कित्ता अण्डरराइटरले खरिद गरेका छन् । कम्पनीले माघ १५ गते प्रतिकित्ता ५०१ रुपैंयाँमा ४० लाख ८१ [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँट भएको छ । बुधबार बुटवल पावर कम्पनीकै कार्यालयमा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एफपीओ बाँडफाँट गरेको हो ।

कुल जारी गरिएको एफपीओ सबै बिक्री नभएपछि आवेदकले सबैले मागेजति सेयर पाएका छन् भने नबिकेको कित्ता अण्डरराइटरले खरिद गरेका छन् । कम्पनीले माघ १५ गते प्रतिकित्ता ५०१ रुपैंयाँमा ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो ।

२८ लाख ५९ हजार एक सय ७० कित्ता एफपीओका लागि ८४ हजार ८ सय ४ जनाको आवेदन सदर भएको थियो । ती सबैले सेयर पाएका छन् । बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अण्डर राइटरले खरिद गरेका छन् । ५०१ रुपैंयाँ एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको सेयर मूल्य भने ४६८ रुपैंयाँमा झरिसकेको छ ।

Share News