श्वेत पत्रको आसमा हरियाली सेयर बजार, के ल्याउँछन् विज्ञ अर्थमन्त्रीले ?

<p>काठमाडौं । सोमबार ५१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ३९.१६ प्रतिशतले बढेको छ । सोमबार ह्वात्तै घटेको बजार मंगलबार बढ्नुको कारण भने सरकाले ल्याउने भनिएको श्वेत पत्र रहेको लगानी कर्ता नै बताउँछन् । ‘अर्थमन्त्रालयले ल्याउने श्वेतपत्रबाट सेयर बजारलाई कुनै न कुनै रुपले सम्बोधन हुने बजारमा चर्चा चलेको छ, श्वेतपत्रकै आशमा सेलिङ प्रेसर घटेर बजार [&hellip;]</p>

काठमाडौं । सोमबार ५१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ३९.१६ प्रतिशतले बढेको छ । सोमबार ह्वात्तै घटेको बजार मंगलबार बढ्नुको कारण भने सरकाले ल्याउने भनिएको श्वेत पत्र रहेको लगानी कर्ता नै बताउँछन् ।

‘अर्थमन्त्रालयले ल्याउने श्वेतपत्रबाट सेयर बजारलाई कुनै न कुनै रुपले सम्बोधन हुने बजारमा चर्चा चलेको छ, श्वेतपत्रकै आशमा सेलिङ प्रेसर घटेर बजार बढेको हो’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले विकासन्युजसँग भने ।

सरकारले शुक्रबार भित्रै श्वेतपत्र ल्याउने तयारी गरिरहेको छ । सोही श्वेतपत्र मार्फत सेयर बजारका लागि केहि राहतका कार्यक्रम आउने आसमा लगानी कर्ता उत्साहित भएका हुन् ।

अर्का तर्फ मंगलबार नै राष्ट्रिय सभामा सेयर बजारबारे आवाज समेत उठेको छ । जनप्रतिनिधीले संसदमै सेयर बजार घट्नुको कारण सरकारसँग मागेपछि लगानी कर्ता थप उत्साहित भएका हुन् । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सदस्य राधेश्याम अधिकारीले अर्थमन्त्रीका अभिव्यक्तिका कारण सेयर बजार घटेको आरोप लगाएका थिए । उनले सेयर बजारलाई अनुत्पादक भनेर अर्थमन्त्रीले जनताको खर्बाै लगानीमाथी खेलबाड गरेको बताएका थिए ।

‘सेयर बजारबारे संसदमै कुरा उठेपछि आफ्ना मागको सुनुवाई हुने अपेक्षामा लगानी कर्ता हौसिएका हुन्, अब आफ्ना प्रतिनिधीले आफ्नो हितको रक्षा गर्ने लगानी कर्ताको आस छ’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने ।

Share News