संसद पस्यो सेयर बजार, राधेश्याम अधिकारीले भने-जनताको लगानी डुब्नु भएन

<p>काठमाडौं । राष्ट्रिय सभामा सेयर बजारबारे कुरा उठेको छ । काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका राधेश्याम अधिकारीले सेयर बजारमा गरिएको जनताको लगानी डुब्न नहुने धारणा राखेका हुन् । राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले अर्थमन्त्रीकोे अभिव्यक्तिका कारण सेयर बजार ओरालो लागेर जनताको खर्बाै लगानी डुबेको आरोप पनि लगाए । उनले भने–सेयर बजारमा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभामा सेयर बजारबारे कुरा उठेको छ । काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका राधेश्याम अधिकारीले सेयर बजारमा गरिएको जनताको लगानी डुब्न नहुने धारणा राखेका हुन् ।

राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले अर्थमन्त्रीकोे अभिव्यक्तिका कारण सेयर बजार ओरालो लागेर जनताको खर्बाै लगानी डुबेको आरोप पनि लगाए । उनले भने–सेयर बजारमा जनताको पनि लगानी छ, अर्थमन्त्रीको अभिव्यक्तिका कारण बजार घेटेको हो, जिम्मेवार व्यक्तिका अभिव्यक्तिहरु पनि जिम्मेवार नै हुनुपर्छ ।

सेयर बजारलाई अर्थमन्त्रीले अनुत्पादक भनेपछि लगानी कर्तामा त्रास फैलिएको आरोप पनि अधिकारीले लगाएका थिए ।

Share News