चार कम्पनीको ४ करोड ७१ लाख कित्ता बोनस सेयर सूचिकृत

<p>काठमाडौं । मंगलबार विभिन्न चार कम्पनीको ४ करोड ७१ लाख ९२ हजार ८९३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक लि., माछापुच्छ्रे बैंक लि., एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ५७ हजार [&hellip;]</p>

काठमाडौं । मंगलबार विभिन्न चार कम्पनीको ४ करोड ७१ लाख ९२ हजार ८९३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक लि., माछापुच्छ्रे बैंक लि., एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ५७ हजार १५३ कित्ता र माछापुच्छ्रे बैंकको ६६ लाख ५१ हजार ४९० कित्ता बोनस थपिएको छ । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको २ लाख २ हजार ५ सय कित्ता र एनएमबी माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Share News