काठमाडौं । नेपाल राष्ट्र बैंकमा तीन जना निर्देशकहरुले कायम मुकायम कार्यकारी निर्देशको जिम्मेवारी पाएका छन् । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार देवकुमार ढकाललाई वित्त कम्पनीको कामु कार्यकारी निर्देशक बनाईएको छ भने मुकुन्द क्षेत्रीलाई सामान्य सेवा सुधार विभागमा कामुको जिम्मेवारी दिइएको छ । त्यस्तै, हरिशरण केसीले वित्त व्यवस्थापन विभागमा कामु जिम्मेवारी पाएका छन् ।
यस अघि ढकाल माइक्रोफाइनान्स प्रवद्र्धन तथा सुपरिवेक्षण विभागमा निर्देशक थिए भने मुकुन्द क्षेत्री बैंक सुपरभिजन र हरिशरण केसी बैंक तथा वित्तिय संस्था नियमन विभागमा निर्देशक थिए । त्यसै गरि कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र पिताम्बर भण्डारीलाई सरुवा गरिएको छ । विदेशी विनियम विभागमा सरुवा गरिएको हो ।