अग्रिम ब्याज भुक्तानी योजना रोक्दै राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना रोक्ने भएको छ । वित्तिय क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा भित्रिने र प्रणालीगत जोखिम समेत बढ्ने भन्दै राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना बन्द गराउन लागेको हो । पछिल्लो समय बाणिज्य बैंकहरु अग्रिम ब्याज भुक्तानी योजनामा आकर्षित भएका थिए । उनीहरुले मुद्धति निक्षेपमा अग्रिम ब्याज भुक्तानीको अफर अघि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना रोक्ने भएको छ । वित्तिय क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा भित्रिने र प्रणालीगत जोखिम समेत बढ्ने भन्दै राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना बन्द गराउन लागेको हो ।

पछिल्लो समय बाणिज्य बैंकहरु अग्रिम ब्याज भुक्तानी योजनामा आकर्षित भएका थिए । उनीहरुले मुद्धति निक्षेपमा अग्रिम ब्याज भुक्तानीको अफर अघि सार्ने क्रम बढेको थियो । नविल बैंक, एनआइसी एसिया बैंक र बैंक अफ काठमाण्डूले अग्रिम ब्याज भुक्तानी योजनाबाट निक्षेप संकलन अघि बढाईसकेका छन् ।

नविलले १ वा २ बर्षको मुद्धति खातामा बार्षिक ११ प्रतिशतको अग्रिम ब्याज भुक्तानी दिने योजना सञ्चालन गरिरहेको छ । त्यसका लागि न्युनतम ५ लाख रुपैंयाँ निक्षेप राख्नुपर्नेछ । एनआइसी एसिया बैंकले पनि मुद्धति खातामा रकम जम्मा गर्दा बार्षिक ब्याज अग्रिम भुक्तानी दिईरहेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले अस्वस्थ प्रतिष्पर्धा र प्रणालीगत जोखिम बढ्ने देखिएकाले अग्रिम ब्याज भुक्तानी योजना रोक्न सकिने संकेत गरे । कारोबार दैनिकबाट

Share News