काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले विगतलामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार बढाउन विभिन्न माग(एजेण्डा)हरु राखेको छ । फोरमले सेयर बजारप्रति जनताको आकर्षण बढाउनका साथै सेयर बजारको विश्वसनियता बढाउनका निम्ति आफ्ना १९ वटा एजेण्डा राखेको हो । साथै, उक्त मागहरु ७ दिन भित्र पुरा नभए आन्दोलन गर्ने फोरमले बताएको छ । सरकारी व्यक्तिहरुको अभिव्यक्तिबाट सेयर कारोबारमा गिरावट आएको भन्दै फोरम आन्दोलनमा जान लागेको हो ।

विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आमलगानीकर्ताहरुमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोरमद्धारा आयोजित एक कार्यक्रममा फोरमका अध्यक्ष अम्बिका पौडेलले सरकारी व्यक्तिहरुले सेयर बजारमा नकारात्मक असर पर्नेगरी अभिव्यक्ति दिन नहुने बताउँदै संरक्षकको भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
नेपालको पूँजीबजारको इतिहासमा सबैभन्दा बढि पूँजीकृत रकम ८ खर्ब ३६ अर्ब रुपैयाँ गुमाउदा सरकार र यसका अन्य निकायहरु मौन रहनुले १५ लाखभन्दा बढि लगानीकर्ताहरु मर्माहत भएकोमा फोरमले दुःख व्यक्त गरेको हाे ।
यस्ता छन् फोरमले सेयर बजार बढाउन १९ वटा मागहरु
१. सम्झौता गरिएको अवधी भित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागु गर्ने ।
२. ब्रोकरको संख्या तथा क्षेत्रधिकार विस्तार गरी वाणिज्य बैंकहरुलाई समेत ब्रोकर लाईसेन्स दिई कारोबार गर्ने सूविधा विस्तार गर्ने ।
३. गैरआवशीय नेपालीहरुलाई पूँजीबजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने ।
४. धितोपत्र बोर्ड, नेप्से,सिडिएससि लगायतका निकायको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने ।
५. नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि तत्काल कार्य अगाडी बढाउने ।
६. ब्रोकर सेवाशुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप बनाउने ।
७. शेयर कर्जामा लगाईएको पूँजीगतजोखीमको भार १०० प्रतिशतमा झार्ने ।
८. शेयर धितोकर्जामा कर्जाको सिमा बजार मूल्यको ७० प्रतिशत पुर्याउने ।
९. ब्रोकर मार्फत शेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने ।
१०. सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियमतत्काल निर्माण गरि कार्यान्वयन गर्ने ।
११. मार्केट मेकर र धितोपत्र ब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने ।
१२. सर्ट सेलिङ्ग, अन्तर दिनकारोबारको व्यवस्था गरी चाँडो भन्दा चाँडो लागू गर्ने व्यवस्था मिलाउने ।
१३. हाल कायमरहेको ३ दिनको राफसाफलाई १ दिनवाकारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने ।
१४. सूचीकृत कम्पनीहरुले प्रदानगर्ने बोनस शेयर बार्षिक साधारण सभा सम्पन्नभएको ७दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने ।
१५. हकप्रद र बोनस शेयरहरु प्रदानगर्ने कम्पनीहरुको धितोमा ऋण लिएका ऋणीहरुको हकमा सो शेयर सुचिकरण नगरिने समयसम्मको लागिबुकक्लोज हुने दिनको मुल्यलाई नै आधार मुल्य मान्ने ब्यबस्था गर्ने ।
१६. डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीततथा तरल बनाउने ।
१७. फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमाल्याउने ।
१८. नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डले लगानीकर्ताबाट प्राप्त कमिशनको १५ प्रतिशत रकमलगानीकर्ता सचेतना कार्यक्रममा खर्च गर्नु पर्ने ।
१९. वास्तविक क्षेत्रकाकम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यबस्था गर्ने ।
आर्थिक समृद्धिको अभियानलाई मुर्तरुप दिनआवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरु अझ बढी गम्भिर हुन फोरमले बताएको छ । फोरमले राखेकाे मागहरु ७ दिन भित्रमा सम्बोधन नभएमा इन्भेष्टर्स फोरमले पूँजीबजारको विकास र लगानीकर्ताहरुको हकहितको सुरक्षाको लागि चरणवद्ध आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने बताएको छ ।