ह्वावे वाईनाइन मोबाइल अप्रिलमा लन्च हुँदै, अग्रीम-बुकिङ चैत १७ गतेसम्म खुल्ला

<p>काठमाडौं । ह्वावे, विश्वको प्रमुख स्मार्टफान कम्पनीले यही अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च गर्न लागेको छ । ह्वावे वाईनाइनमा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ एमपी र २ एमपीको डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा एफ/२.० को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि [&hellip;]</p>

काठमाडौं । ह्वावे, विश्वको प्रमुख स्मार्टफान कम्पनीले यही अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च गर्न लागेको छ । ह्वावे वाईनाइनमा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ एमपी र २ एमपीको डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा एफ/२.० को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि ह्वावे वाईनाइनमा १६ एमपी र २ एमपीको दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमा एफ/२.० को एपेचर र टोनिङ् फ्ल्यास छ, जसले फोटोलाई अझ राम्रो बनाउँछ र ब्याक लाईटिङहरुलाई पनि मलाउँछ, जसले गर्दा यो फोनलाई साँच्चै नै फोटो एक्सपर्ट बनाउने कम्पनीले जनाएकाे छ ।

ह्वावे वाईनाइनमा दुवै रिअर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड र ब्याक क्यामरामा बोके इफेक्ट, मुभिङ् फोटो र एआर लेन्सहरु छन्, जसमा फन् फिल्टर र ड्रेस अप सेल्फीका साथै ह्याण्ड र भ्वाइस् जेस्चर मोड जस्ता अत्याधुनिक बुद्धिमानी क्यामरा फिचरहरु छन् । ह्वावे आफ्ना मिड-रेन्जका फोनहरुमा प्रिमयम फिचरहरु प्रदान गर्नको लागि परिचित छ र ह्वावेको यो मोडलमा स्मार्ट फेस रेकग्नीशनको फिचर छ, जुन मानव अनुहारको गहिरो अनुसन्धानबाट विकसित गरिएको हो, जसले गर्दा यो फोनले मानिसको लिङ्ग र त्वचाको टोन पहिचान गरी हरेक विषयलाई फोटामा उत्कृष्ट देखाउनमा मद्दत गर्दछ । यो अद्वितीय विषेशता हाल नेपाली बजारमा उपलब्ध मिड–रेन्जका फोनहरुमा साधारणतया उपलब्ध हुँदैनन् ।

नोभा टुआईमा जस्तै वाईनाइनमा पनि १८ः९ आस्पेक्टको फुलभ्युउ डिस्प्ले छ, जसले स्प्लीट स्क्रीनको विशेषताको मजा लिनको लागि १२.५ प्रतिशत बढी स्थान दिई तपाईंलाई दुई वटा एप्लिकेशन एकै साथ चलाउन मद्दत गर्छ । वाईनाइनमा २६५जीबीको थप गर्न मिल्ने मेमोरीको साथ थ्रीजीबी र्याममा ३२जीबी रोमका साथै नवीनतम् इएमयूआई ८.० अपरेटिङ सिस्टम छ । यसका साथै यो फोनमा न्याभिगेशन डक् पनि थपिएको छ, जसले गर्दा ठूलो स्क्रीनको लागि राम्रो सहायता मिल्दछ ।

४००० एमएएचको ठूलो ब्याट्रीले यो फोनलाई अझ पावरफुल बनाएको छ । वाईनाइनमा ट्रिपल स्लट डुअल सिम फिचरका साथ मेमोरी कार्डको लागि पनि छुट्टै स्लट पनि छ । ह्वावेको नोाभा टुआईले नेपालमा ब्यापक सफलता पाएको थियो र वाईनाइनमा पनि त्यही विधिको सर्वोत्कृष्ट फोन हो ।

ह्वावे वाईनाइन, एउटा सुपथ मूल्यको टन्नै प्रिमियम विशेषताहरु भएको आकर्षक देखिने त्यस्तो फोन हो, जसले नेपाली बजारको अवश्यकता पूरा गर्नेछ र बजारले पनि यसलाई मन पराउनेछ ।

ह्वावे वाईनाइनको अग्रीम–बुकिङ चैत १७ गतेसम्म खुल्ला छ र अग्रीम–बुकिङ गर्नेले ह्वावे एवान फिटनेस ब्याण्ड पाउनेछन् । ग्राहकले अग्रीम–बुकिङ गर्नको लागि आफ्नो नजिकको ह्वावे शोरुममा आफ्नो परिचय खुलाउने कागजातको प्रतिलिपिका साथ ३ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

Share News