स्कुल नजाने १८ लाख ५३ हजार साक्षर ! ३ अर्ब १४ करोड खर्च

<p>काठमाडौं । स्कुल नजाने १८ लाख ५३ हजार साक्षर भएका छन् । १५ देखि ६० वर्ष उमेर समुहका सबैलाई साक्षर बनाउने उद्देश्यले २०५६ सालमा स्थापना भएको अनौपचारिक शिक्षा केन्द्रले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सालसम्मको तीन वर्षको अबधिमा १८ लाख ५३ हजार २ सय ६० जनालाई साक्षर बनाएको हाे । केन्द्रको अनुसार आर्थिक वर्ष २०७१/७२ [&hellip;]</p>

काठमाडौं । स्कुल नजाने १८ लाख ५३ हजार साक्षर भएका छन् । १५ देखि ६० वर्ष उमेर समुहका सबैलाई साक्षर बनाउने उद्देश्यले २०५६ सालमा स्थापना भएको अनौपचारिक शिक्षा केन्द्रले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सालसम्मको तीन वर्षको अबधिमा १८ लाख ५३ हजार २ सय ६० जनालाई साक्षर बनाएको हाे ।

केन्द्रको अनुसार आर्थिक वर्ष २०७१/७२ मा १६ लाख ८९ हजार ५ सय ८२ जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १५ लाख ६५ हजार ६ सय ६५ जना साक्षर भएका थिए । जसमा २ अर्ब ५७ करोड ३ लाख ७९ हजार सरुपैयाँ खर्च भएको थियो । ९२.६ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको केन्द्रको भनाइ छ ।

आर्थिक वर्ष २०७२/७३ मा १ लाख ४६ हजार १० जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १ लाख ३६ हजार ४ सय ८९ जना साक्षर भएका थिए । जसमा ७१ करोड ६८ लाख ६ हजार रुपैयाँ खर्च भएको थियो । उक्त वर्ष ९३.४८ प्रतिशत लक्ष्य हासिले भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ लाख ५७ हजार ३ सय ४३ जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १ लाख ५१ हजार १ सय १५ जना साक्षर भएका थिए । जसमा ३७ करोड ८३ लाख ४० हजार रुपैयाँ खर्च भएको थियो । उक्त आर्थिक वर्षमा गएका वर्षहरुको भन्दा बढि ९४.०४ प्रतिशत लक्ष्य हासिल भएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रकाे अनुसार तीन वर्षमा विभिन्न कारणले स्कुल जान नसक्ने जनशक्तीलाई साक्षर बनाउनका लागि ३ अर्ब १४ करोड ७४ लाख ५ हजार सरुपैयाँ खर्च भएको छ । जसमा प्रतिव्यक्ती साक्षर बनाउन १ हजार ६ सय ९७ रुपैयाँ खर्च भएको केन्द्रका सूचना अधिकारी दिनेश घिमिरेले बताए ।

उनका अनुसार हाल देशभर २ हजार १ सय ५१ वटा सामूदायीक सिकाई केन्द्रहरु संचालमा छन् । सबै भन्दा बढि सिन्धुपाल्चो र नुवाकोटमा ४८/४८ वटा, कम मुस्ताङमा ११ र मनाङमा ६ वटा सामूदायीक सिकाई केन्द्रहरु छन् । उक्त क्षेत्रमा अनौपचारिक तथा निरन्तर शिक्षा, विद्यालय विकास क्षेत्र विकस, सबैका लागि शिक्षा र पढाई सीप प्रवर्धन कार्यक्रम संचालन भइरहेका छन् ।

त्यस्तै हिमालमा १०, पहाडमा १५ र तराई वा उपत्यकामा २० जना राखेर कक्षा सञ्चालन भैरहेको केन्द्रका सूचना अधिकारी घिमिरेले बताए । ‘एउटा कक्षामा १८ प्रतिशत दलित , ३५ प्रतिशत जनजाती र अन्य समुदायका सहभागी छन्,’ उनले भने ‘सहभागीहरुको अनकुलता अनुसार प्रतिदिन २ घन्टाको दरले हप्तामा ६ दिन कक्षा सञ्चालन भैरहेको छ ।’

सरकारले सय आर्थिक वर्ष पनि निरन्तरता दिदै १ लाख ६८ हजार ८ सय १५ जनालाई अनौपचारिक शिक्षा दिने लक्ष्य राखेको छ । जसको लागि ८ करोड ११ लाख ९ हजार बजेट छुट्याइएको छ ।

Share News