नेपाल भित्रिने कार्गोमा ‘ट्रयाकिङ सिस्टम’ एक महिना भित्रै लागू हुने

<p>काठमाडौं । भारतबाट नेपाल भित्रिने कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (इसीटीएस) एक महिनाभित्र लागू हुने भएकाे छ। अायातकाे क्रममा भारत र नेपालबीचकाे सीमा क्षेत्रमा हुने विभिन्न अबरोध हटाउने तथा चुवावट राेक्न  उद्देश्यले सरकारले पहिलो पटक उक्त ट्रयाकिङ सिस्टम सञ्चालन गर्न लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भारतबाट नेपालमा भित्रिने कार्गोमा [&hellip;]</p>

काठमाडौं । भारतबाट नेपाल भित्रिने कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (इसीटीएस) एक महिनाभित्र लागू हुने भएकाे छ। अायातकाे क्रममा भारत र नेपालबीचकाे सीमा क्षेत्रमा हुने विभिन्न अबरोध हटाउने तथा चुवावट राेक्न  उद्देश्यले सरकारले पहिलो पटक उक्त ट्रयाकिङ सिस्टम सञ्चालन गर्न लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भारतबाट नेपालमा भित्रिने कार्गोमा ट्रयाकिङ सिस्टम जडानका सम्पूर्ण सामानहरु आइसकेको बताए । ‘सञ्चालनको कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने ‘महिना दिन भित्रै सिस्टम सञ्चालनमा आउनेछ ।’

उनकाअनुसार शुरुमा पाइलट प्रोगामको रुपमा कोलकोत्तादेखि विरगन्ज तथा विराटनगर आउने कार्गोहरुमा याे प्रणाली लागू गरिनेछ । कार्गो सहि समयमा नआउने गरेको, एउटा कार्गो पास हुन महिनौ लाग्ने, आयात प्रकृयामा चोरीपैठारी, ढिलाइ बढेको तथा सामान बिग्रिने जस्ता समस्याका गुनासो बढेपछि मन्त्रालयले उक्त प्रणाली सञ्चालन कार्य अघि बढाएको थियो ।

उक्त नयाँ प्रविधि सञ्चालन आएसँगै भारतबाट पास हुने सामानको गतिविधि निरीक्षण गर्न सकिने, विलम्ब तथा जाँचपास शुल्कलाई कटौती गर्न सकिने र नियमित राजश्व संकलनमा योगदान पुग्ने विश्वास सरकारले लिएको छ ।

मन्त्रालयका अनुसार प्रविधिको माध्यमबाट भारतदेखि नेपाल भित्रिदै गरेको कार्गो कहाँ पुग्यो भन्ने जानकारी हुन्छ । ग्लोबल पोजिसन अनुसार ट्रयाकिङ हुन्छ । जुनसुकै बेला पनि कार्गेको गतिबिधि थाहा पाउन सकिन्छ । जसबाट कार्गो ढुवानीमा प्रभावकारी बढ्नेछ ।कलकत्ता बन्दरगाहदेखि नेपालको सीमानाकासम्म दैनिक सयाैं कार्गोहरु भित्रिने गरेका छन् । यो प्रविधि रेल र सडकबाट आउने सामानहरुका लागि प्रयोग गरिने मन्त्रलयले जनाएकाे छ ।

उक्त इसीटीएस पूर्णरुपमा वायरलेस प्रविधि हो । जसमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, वेबद्वारा सञ्चालित सफ्टवेयर तथा अन्य विभिन्न प्रविधीको प्रयोग गरिएको हुन्छ ।

 

Share News