काठमाडौं । सहारा विकास बैंक लिमिटेडले २५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई अंकित मूल्य एक सय रुपैयाँको १८ लाख २४ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति सँगै बैंकले १ बराबर २.५ को अनुपात अर्थात १८ करोड २४ लाख कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।
हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ ।