काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयले स्नातकोत्तर तहका लागि नयाँ चार प्रविधिक विषयको पढाइ सुरु गर्न लागेको हो । विश्वविद्यालयले लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ई–लर्निङ, मास्टर एन्ड ई–गर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ सुरु गर्न लागेको छ ।

विश्विद्यालयले नयाँ विषयका लागि भर्ना खुला गरेको प्रा.डा. लेखनाथ शर्माले बताए । यी विषयमा पढाइ सुरु गर्ने खुला विश्वविद्यालय पहिलो भएको उनले जानकारी दिए । विदेशमा भएपनि नेपालका अन्य विश्वविद्यालयमा यी विषयको पढाइ सुरु भएको छैन् ।
विश्वविद्यालयले स्नातकोत्तर तहका १८ महिनाका लागि भर्ना खुला गरेको छ । घरमा बसेर अध्ययन गर्ने भएकाले धेरैमा ५४ महिना र थोरैमा ३६ महिनासम्म उतिर्ण भइसक्नु पर्ने उनले बताए । अन्य विषयमा पनि मिनिमम् र म्याक्सिमम् समय राखिएको छ । नेपालमा धेरै लाइब्रेरी छन् तर तिनीहरुको व्यवस्थापन हुन नसकेको बताउदै उनले भने, “यो विषय अध्ययन गरेपछि नेपालमा लाइब्रेरी व्यवस्थापका लागि जनशक्ति उत्पादन हुने छ । “ई– लाइब्रेरी राख्ने भनिएको छ, तर यसलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति छैन त्यसैले जनशक्ति उत्पादका लागि हामीले नेपामा नयाँ विषय ल्याएको हो” शर्माले भने ।
परम्परागत तरिकाले पढाउने शिक्षक प्रयाप्त मात्रामा छन् तर प्राविधिक शिक्षकहरुको कमी भएको बताउदै उनले खुला विश्वविद्यालयले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन नयाँ विषयको अध्ययापन सुरु गर्न लागेको हो ।
एउटा कक्षामा २५ देखि ५० जनासम्म मात्र हुने छन् । सरकारले तोकेकाहरुलाई १० प्रतिशत छात्रवृत्ति पनि दिइने शर्माले जानकारी दिए । अन्य विश्वविद्यालयहरुको भन्दा कम शुल्कमा ती विश्वविद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रधान गर्ने लक्ष्य रहेको छ । यस विश्वविद्यालयमा अध्यापन गराउने शिक्षकहरुले २४ सै घन्टा गरेका प्र्रश्नहरुको उत्तर दिने छन् । सरकारले लगानी बढाउँदै गएपछि शुल्क घट्दै जाने र यो शिक्षा गुणस्तरीय र बजारमा उत्कृष्ट हुने समेत शर्माले जानकारी दिए ।
खुला विश्वविद्यालयमा अध्ययन गर्नेले घरमै बसेर इन्टरनेटको सहायताले पढ्न र तोकेको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सकिने भएको छ । विदेशमा रहेको यस्तो विश्वविद्यालय अवधारणा नेपालमा पनि सञ्चालनमा आएको छ । खुला विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीका लागि स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिनेछ ।
विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधी संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ ।