किरण सुजद्वरा नेपाल एम्बुलेन्स सर्भिसलाई जंगल बुट हस्तान्तरण

<p>काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (इएमटी) र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ । शुक्रबार नेपाल एम्बुलेन्स सर्भिसको कार्यालय कालिकास्थान डिल्लिबजारमा किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई उक्त जुत्ता हस्तान्त्रण गरेकी हुन् । कम्पनीले [&hellip;]</p>

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (इएमटी) र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ ।

शुक्रबार नेपाल एम्बुलेन्स सर्भिसको कार्यालय कालिकास्थान डिल्लिबजारमा किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई उक्त जुत्ता हस्तान्त्रण गरेकी हुन् ।

कम्पनीले ४४ जोर जंगल बुट हस्तान्तरण गरेको बताएको छ । गोल्डस्टारका जंगल बुट हिलो र चिप्लोमा नचिप्लीने निकै उपयोगी हुने कम्पनीको भनाइ छ ।

हस्तान्त्रणपछि किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ निर्देशक राणाले नेपाल एम्बुलेन्स सर्भिससँग जोडिन पाएकोमा खुसी भएको बताइन् । ‘यो एउटा सानो प्रयास हो । भोलिका दिनमा हामी अझै राम्रोसँग सहकार्य गर्दै अगाडी बढ्ने छौं,’ उनले भनिन्।

त्यस्तै एम्बुलेन्स सर्भिसका उपाध्यक्ष आर्चायल गोल्डस्टारसँगको सहकार्यले इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र चालकहरुलाई सहयोग पुग्ने बताए ।

Share News