वाईवाई ग्लोकल टिन हिराेको आवेदन वैशाखमा खुल्ने

<p>काठमाडौं । काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रम सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर, किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र [&hellip;]</p>

काठमाडौं । काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रम सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ ।

वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर, किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन कार्यक्रम अघि बढाउन लागेको हो ।

‘किशोर, किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ,’ सिजी फुड्सका सीईओ जीपी शाहले भने ‘सम्झौता अघि बढाउन हामी खुशी छौं । दिगो सम्झौता अघि बढाउने उद्देयका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ ।’

यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन बैशाख २२ मा खुल्ने बताइएको छ ।

Share News