४८ मेगावाटको खिम्ती २ आयोजना ईपीसीएफ मोडेलमा निर्माण हुने, आइतबार चिनियाँ कम्पनीसंग सम्झौता

<p>काठमाडौं । नेपालमा पहिलो पटक इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र फाइनान्सिङ (ईपीसीएफ) खाकामा ४८.८ मेगावाटको खिम्ती २ आयोजना निर्माण हुने भएको छ । चीनको चोरिङ वाटर एन्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड र चाइना एन्ड पिपल्स इनर्जी लिमिटेडले संयुक्त रुपमा ईपीसीएफ खाकामा खिम्ती २ आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि आइतबार प्रवद्र्धक पिपल्स इनर्जी [&hellip;]</p>

काठमाडौं । नेपालमा पहिलो पटक इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र फाइनान्सिङ (ईपीसीएफ) खाकामा ४८.८ मेगावाटको खिम्ती २ आयोजना निर्माण हुने भएको छ ।

चीनको चोरिङ वाटर एन्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड र चाइना एन्ड पिपल्स इनर्जी लिमिटेडले संयुक्त रुपमा ईपीसीएफ खाकामा खिम्ती २ आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि आइतबार प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र चोरिङ र चाइना एन्ड पिपल्सबीच ८ करोड ८० लाख अमेरिकी डलरमा (करिव ९ अर्ब रुपैयाँ) ठेक्का सम्झौता हुने भएको छ ।

इपीसीएफ सम्झौताअनुसार प्रवद्र्धक पिपल्स इनर्जीले आयोजना निर्माणका लागि ठेकेदारलाई परिचालन पेश्कीवापत कुल ठेक्का रकमको १० प्रतिशत दिनेछ । त्यसपछि आयोजना सम्पन्न भएको ७ सय दिनभित्र सबै रकम चुक्ता गर्ने पिपल्सका महाप्रवन्धक जनार्दन अर्यालले जानकारी दिए ।

निर्धारित समयमा काम सम्पन्न हुनुका साथै जोखिम काम हुने भएकाले यो खाकामा आयोजना निर्माण हुन लागेको उनले बताए । आयोजनाको कुल लागत साढे १० अर्ब रुपैयाँ छ । दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् । यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने अर्यालले जानकारी दिए ।

आयोजनामा १० बैंकले ६ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन् । बाँकी रकम प्रवद्र्धकको स्वपुँजी (इक्विटी ) र साधारण सेयर (आईपीओ) निष्कासन गरेर जुटाउने भएको छ । सानिमा बैंकको अगुवाइमा सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाण्डु, सिभिल बैंक, ग्लोवल आईएमई बैंक र नेपाल क्रेडिट एन्ड कमर्श बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनाबाट आउदो ६ वर्ष अर्थात ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाको वार्षिक आम्दानी प्रथम वर्ष १ अर्ब ४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि ८ पटक हुदा ९ वर्षमा आम्दानी बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट वार्षिक २६ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सुख्खायाममा साढे ४ करोड र वर्षातमा साढे २१ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

Share News