अब बन्ने भयो काठमाडौंको पार्टी प्यालेस भुकम्पपछिको आपतकालिन आश्रयस्थल

<p>काठमाडौं । काठमाडौंका पार्टी प्यालेसहरुलाई भुकम्पपछिको आपतकालिन आश्रयस्थल हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा सो सम्बन्धि राजधानीमा शुक्रबार त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पत्रमा नेपाल चेम्बर अफ कमर्स, इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपाल र नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा [&hellip;]</p>

काठमाडौं । काठमाडौंका पार्टी प्यालेसहरुलाई भुकम्पपछिको आपतकालिन आश्रयस्थल हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा सो सम्बन्धि राजधानीमा शुक्रबार त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पत्रमा नेपाल चेम्बर अफ कमर्स, इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपाल र नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा चेम्वरकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमय, इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपालकातर्फबाट उपाध्यक्ष शिवभक्त रञ्जित र नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानकातर्फबाट प्रमुख निर्देशक मोरिटा ताकेमित्सुले हस्ताक्षर गरेका छन् ।

पत्रमा आपतकालिन आश्रयस्थलको निर्माण, भुकम्पीय जोखिमबाट बच्ने उपायको लागि शैक्षिक सहयोग गर्ने लगायत उल्लेख छ भएको छ । समझदारीपत्र अनुसार आगामी दिनमा यसका लागि आपसी समझदारी अनुसार काम अगाडि वढाउँंदै लैजाने सहमति भएको हो ।

सो कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले आफ्नो धारणा राख्दै भुकम्प अगाडी नै सुरक्षित आपतकालिन आश्रयस्थल निर्माण गर्नु पर्नेमा जोड दिए । उनले मुलुक विश्वमै ११ औ भूकम्पीय जोखिम ठाउँं भएको जानकारी गराए ।

एसोसिएसन अफ नेपालका उपाध्यक्ष रञ्जितले भुकम्पीय जोखियुक्त काठमाडौंमा आपतकालिन आश्रयस्थलका लागि पार्टी प्यालेसहरुलाई प्रयोग गर्ने बताए । त्यसको लागि ती ठाउँंहरुमा आवश्यक भौतिक पूर्वाधार बनाउने तयारी गरेको जानकारी दिए ।

एजुकेशन एड जापानका प्रमुख निर्देशक ताकेमित्सुले जापानका अनुभबहरु सुनाउँंदै नेपालमा सुरक्षित आपतकालिन आश्रयस्थल बनाउन आफूहरुले सहयोग गर्न चाहेको स्पष्ट पारे ।

कार्यक्रममा जनाइएअनुसार काठमाडौंमा १ सय ३० वटा पार्टी प्यालेसहरु छन् । पछिल्लो महाभुकम्पका बेला पनि ती पार्टी प्यालेसहरु पीडितका आश्रयस्थल बनेको थियो ।

Share News