शाइन रेसुङ्गाको ३३औं शाखा कपिलबस्तुको चन्द्रौटामा, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ३३औं शाखा कपिलबस्तुको चन्द्रौटामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शिवराज नगरपालिकाको उपमेयर शिवकुमारी थारुले उद्घाटन गरेका हुन् । बैंकका प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैकिंङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा खोलेको बताएका छन् [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ३३औं शाखा कपिलबस्तुको चन्द्रौटामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शिवराज नगरपालिकाको उपमेयर शिवकुमारी थारुले उद्घाटन गरेका हुन् ।

बैंकका प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैकिंङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा खोलेको बताएका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममा बैकले ५ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो । साथै, राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको थियो ।

चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको यस बैंकले १२ अर्ब ५२ करोड रुपैयाँ निक्षेप परिचालन गरि ११ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको शाखा संख्या ३३ र २ वटा एक्सटेन्सन कार्यालय रहेको छ ।

बैंकले हाल रुपन्देहीको बुटवल र मणिग्राम, गुल्मीको तमघास र बलेटक्सार, अर्घाखाँचीको सन्धिखर्क, प्यूठानकोे विजुवार र कपिलवस्तुको चन्दौटामा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउने बताएको छ । साथै, बैंकले भविष्यमा थप शाखा कार्यालयहरु खोल्ने जानकारी दिएको छ ।

Share News