सेयर बजार सुधारका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम: मार्जिन लेन्डिङ सीमा ७० प्रतिशतदेखि अनलाइन ट्रेडिङसम्म

<p>काठमाडौं । नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजार दिनानुदिन घट्दै गएको अवस्थामा आफू लगायत सम्पूर्ण लगानीकर्ताहरु निरुत्साहित रहेको बताएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघ र नोबल इनिसियसन नेपालद्धारा आयोजित एक कार्यक्रममा अर्यालले सो कुरा बताएका हुन् । उनले केपी ओलीको सरकार आएपछि र त्यसअघि पनि सेयर बजारले नकारात्मक सन्देश दिइराखेको बताएका [&hellip;]</p>

उत्तम अर्याल

काठमाडौं । नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजार दिनानुदिन घट्दै गएको अवस्थामा आफू लगायत सम्पूर्ण लगानीकर्ताहरु निरुत्साहित रहेको बताएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघ र नोबल इनिसियसन नेपालद्धारा आयोजित एक कार्यक्रममा अर्यालले सो कुरा बताएका हुन् ।

उनले केपी ओलीको सरकार आएपछि र त्यसअघि पनि सेयर बजारले नकारात्मक सन्देश दिइराखेको बताएका छन् । प्रधानमन्त्री ओलीले बजारका बारेमा सकारात्मक प्रतिकृयाहरु दिइरहेकाले लगानीकर्ताहरु आशावादी रहेका र पुँजीबजारले राम्रै गति लिन्छ भने चाहाना राखेका थिए । तर अहिलेको बजारको गतिविधिले सबै लगानीकर्ताका आशा र चाहनाहरु तुषारापात भएको उनले गुनासो छ ।

पुँजीबजारमा ठुलो गिरावट आइसकेको छ । २१ खर्ब रुपैयाँको पुँजीबाट १५ खर्बभन्दा तल झरिसक्दा पनि सम्बन्धित निकायहरु मौन रहेकोप्रति उनको गुनासो छ । बजार १७/१८ सयमा पुग्दा होस गरेर लगानी गर्नुस् भन्दै प्रेस विज्ञप्ति छाप्ने नियामक निकायबाट अहिलेको यस्तो गम्भीर अवस्थामा केही प्रतिकृया नआएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

नियामक निकायको यस्तो कृयाकलापबाट निरुत्साहित हुँदै उनले सेयर बजार सुधारका लागि सरकाले तत्काल गर्नुपर्ने केही कामहरु उल्लेख गरेका छन् ।

१. सरकारी कार्यालयमा वार्षिक कार्यदेश सहितको जिम्मेवारी

कार्यक्रममा संघका अध्यक्ष अर्यालले नेपालको पुँजीबजारमा कार्यरत सरकारी निकायहरुमा वार्षिक कार्यदेश सहितको जिम्मेवारी दिन आग्रह गरेका छन् । उनले वर्षमा कुन कुन निकायले केके काम गरिरहेको छ त्यसको कार्यादेश सहितको काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्डको भागीदार बनाउन सरकारप्रति आग्रह गरेका हुन् ।

२.अनलाइन कारोबार प्रणालीको प्रगति विवरण साप्ताहिक रुपमा सार्वजनिक होस्

“अनलाइन गर्ने भन्या छ तर कँहा पुग्या छ, कुन अवस्थामा छ कसैलाई केही थाहा छैन” भन्दै उनले अनलाइन प्रणालीमा सुधार गर्न आग्रह गरेका छन् । जसले गर्दा लगानीकर्ताले पनि यस प्रणालीमा यस्तो हुँदै छ, यो यँहा पुग्यो भन्ने बारेमा सम्पूर्ण विवरणहरु थाहा पाउनेछन् ।

३. नयाँ लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने

पुँजी बजारमा नयाँ लगानीकर्ताहरुलाई नयाँ लगानीमैत्री वातावरण सिर्जना गर्न प्रोत्साहनका कार्यक्रमहरु आवश्यक रहेको अर्यालले बताएका छन् । अहिले पुँजीबजारमा भइरहेका १०/२० लाख जनाले मात्रै पुग्दैन, अब १ सेयर हुनेको ४ सेयर भइसक्यो भन्दै उनले यसको खपत बढाउनको लागि नयाँ नयाँ लगानीकर्तालाई यस क्षेत्रमा ल्याउन नियामक निकायहरुले नयाँ कार्यक्रम गर्नुपर्ने सुझाएका छन् ।

४. दीर्घकालीन लगानी गर्ने लगानीकर्ताहरुलाई कर छुटको व्यवस्था

कार्यक्रममा अर्यालले पुँजीबजारमा लगानी गर्ने मध्य दीर्घकालसम्म लगानी गर्ने लगानीकर्तालाई कर छुटको व्यवस्था हुनुपर्ने बताएका छन् । यसका साथै, दीर्घकालीन लगानीकर्तालाई विभिन्न सुविधाका साथै बजारप्रति प्रोत्साहन दिने कार्यक्रमको व्यवस्था गर्न सरकारसँग उनको माग छ ।

५. सेयर बाँडफाँड भएको ७ दिनभित्र सेयरधनीको खातामा पुग्ने व्यवस्था गरियोस्

बैंक तथा वित्तीय संस्थाले घोषणा गरेको बोनस, हकप्रद, एफपीओ बाँडफाँड भएको मितिले ७ दिन भित्र सम्बन्धित सेयरधनीको डिम्याट अकाउन्टमा पुग्ने व्यवस्था गर्न नियामक निकायलाई ध्यानाकर्षण गरेका छन् । सेयर वितरण भएको ६/७ महिना भइसक्दा पनि बोनस सेयर आफ्नो खातामा नआएकाले नियामक निकायहरुले ध्यान पुर्याउन आवश्यक रहेको उनले बताए ।

६. एउटा साधारणसभाले पारित गरेको प्रस्ताव अर्को सधारणसभाले उल्ट्याउन नपाउने

विभिन्न कम्पनीहरुले एक पटक साधारणसभाबाट पास गरेको बोनस, हकप्रद, एफपीओजस्ता प्रत्यक्ष लगानीकर्तामा असर गर्ने निर्णयहरु पुनः अर्को साधारणसभाबाट थपघट वा उल्ट्याउन नपाइने व्यवस्था गर्न नियामक निकायहरुको ध्यान पुग्न आवश्यक देखिएको उनले बताए । जस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको सर्वसाधारणले किनेको १ः६ अनुपातको हकप्रद सेयर प्रमोटर सेयरमा परिणत हुँदैछ । यसले सर्वसाधारणको मान्यता दिँदैन भन्ने उनको भनाई छ ।

७. राष्ट्र बैंकबाट घटाइएको मार्जिन कर्जा सीमा ७० प्रतिशत पुन कायम गरियोस्

मार्जिन लेन्डिङ ५० बाट ७० प्रतिशत पुर्याउन उनको सुझाव छ । लगानीकर्ताले बैंकमा राखेको धितोमा लगानीकर्ताको धितो नपुगेर मार्जिन कल आइरहेको छ, यसबाट उनीहरुलाई राहत आउन सक्ने अर्यालले बताएका छन् ।

Share News