२५० सिट क्षमताको एयरबस असारमा, दुई १७ सिटे विमान उडाउने पाइलट छैन

<p>काठमाडौं । नेपाल वायु सेवा निगमको दुई ठुला जहाज आगामी वर्षको असारसम्ममा आइपुग्ने भएको छ । २५० जना सिट क्षमताको वाइड बडीका २ विमान निगमले असारसम्ममा ल्याउन लागेकाे हो । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३०/२०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा [&hellip;]</p>

काठमाडौं । नेपाल वायु सेवा निगमको दुई ठुला जहाज आगामी वर्षको असारसम्ममा आइपुग्ने भएको छ । २५० जना सिट क्षमताको वाइड बडीका २ विमान निगमले असारसम्ममा ल्याउन लागेकाे हो ।

निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३०/२०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए ।

‘वाइड बडीका विमान आएपछि थप अन्तराष्ट्रिय उडान थप्ने तयारी गरेका छौं, अहिले दुबईको अबुधावीमा हप्ताको ३ देखि ४ वटासम्म उडान भैरहेको छ’, श्रेष्ठले विकासन्युजसँग भने ।

नयाँ साना जहाज उडाउने पाइलट छैन

निगमले एके भी र एके यू नामको १७ सिट क्षमताको जहाज ल्याएको छ । तर उडान गर्ने पाइटल नहुदा सञ्चालनमा आउन सकेकाे छैन ।  निगमले ४३ जना पाइलटको लागि  विज्ञापन गरेको छ ।

निगमले गरेकाे  विज्ञापनमा एयरबस ३३० का लागि क्याप्टेन पाइलट ६ जना, एयरबस ३२० का लागि क्याप्टेन ४ जना, बोइङ ७५७ को लागि ६ जना, एमए ६० को लागि ६ जना डीएचसी ६ र वाई १२ को लागि ११ जना, एयरबसका लागि को पाइलट ६ जना र बोइङको लागि ६ जना को पाइलट गरी ४३ जना पाइलट आवश्यक रहेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार अहिले खुलेको विज्ञापनमा तोकिएको मितीसम्ममा माग संख्या बमोजिम दर्खास्त नपरेमा अन्तर्राष्ट्रिय पाइलट ल्याउने प्रक्रिया अघि बढ्नेछ । अन्तराष्ट्रिय पाइलट ल्याउनका लागि सम्बन्धित देशमा इमेल तथा सञ्चार माध्याममा विज्ञापन गरिनेछ ।

निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् ।

अहिले निगमसँग ६ वटा साना र ३ वटा ठुला विमान रहेका छन् । ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ ।

दैनिक उडान भर्न निगमसगँ भएका जहाजहरु ४० वर्ष भन्दा पुराना र आवश्यक संख्यामा पाइलटको संख्या नहुँदा उडानको संख्या बढाउन नसकेको श्रेष्ठले बताए । नयाँ आएका साना विमानले अहिले उडिरहेकै रुटमा सञ्चालन हुनेछन् ।

 

Share News