काठमाडौं । मेरिको लिमिटेड, उपभोग्य सामानहरुको एक अग्रणी उत्पादकले नेपाली बजारमा लिभअन सेरम ड्यामेज प्रोटेक्ट प्रस्तुत गरेको छ । उक्त प्रोटेक्ट नारीहरुको हेयर स्टाइल गर्नका लागि चर्चित ब्राण्ड लिभअनको नयाँ प्रकार हो । जुन नेपाली बजारलाई लक्षित गरेर खास रुपमा डिजाइन गरिएको छ ।
उक्त उत्पादनको बिक्री शुभारम्भ बलिउडकी चर्चित हस्ती हेयरस्टाइलिस्ट सानीया सहादद्पुरीले गरेकी जनाइएको छ । सार्वजनिक गरिएको सो उत्पादनले प्रयोगकर्ताहरुलाई विभिन्न उत्कृष्ट हेयर स्टाइल गर्ने विकल्पहरु प्रदान गरेको छ । जसमा कपाल सिधा बनाउने, घुम्रिएको बनाउने, कलर गर्ने लगायत छन् । साथै उक्त प्रोटेक्टले युभि किरणहरु, धुँवा तथा धुलो प्रदुषणबाट समेत कपाललाई जोगाउने कम्पनीको दावी छ ।
कम्पनीका अनुसार उक्त नयाँ फर्मुलाको उत्पादनले तापको विरुद्धमा ५ गुणा ज्यादा स्याहार र घाम र प्रदुषणको कारण कपाल टुक्रिने समस्याको विरुद्धमा १० गुणा ज्यादा राम्रो सुरक्षा प्रदान गर्ने सुनिश्चित गर्दछ । यसका साथै तत्कालै कपाल मुलायम, चम्किलो र लहलहाउँदो बनाउने बताइएको छ ।