यामाहाको नयाँ वर्ष योजनाः दाइलाई ‘क्यास ब्याक’, भाइलाई नयाँ यामाहा

<p>काठमाडौं । जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । यामाहाका कम्पनी अनुसार बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थिए । काठमाडौंमै बसोबास गर्ने गरी फर्किएको भाइका लागि एउटा मोटरसाइकल किन्न रतिशकुमार झा कान्तिपथस्थित यामाहाको शोरुम गए । कम्पनीले दिएको जानकारी अनुसार उनको भाइ घर पुग्नुअघि उनका लागि मोटरसाइकल किनेर ल्याउने दाइको योजना [&hellip;]</p>

काठमाडौं । जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । यामाहाका कम्पनी अनुसार बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थिए । काठमाडौंमै बसोबास गर्ने गरी फर्किएको भाइका लागि एउटा मोटरसाइकल किन्न रतिशकुमार झा कान्तिपथस्थित यामाहाको शोरुम गए ।
कम्पनीले दिएको जानकारी अनुसार उनको भाइ घर पुग्नुअघि उनका लागि मोटरसाइकल किनेर ल्याउने दाइको योजना थियो । सोही बमोजिम यामाहाको एफजीएस एफआई भाइका लागि किन्न उनी यामाहाको शोरुम पुगे । भाइलाई सप्र्राइज दिन गएकोे उनी आफैं सरप्राइजमा परेको कम्पनीको भनाइ छ ।

यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा ५० प्रतिशत क्यास ब्याक पाएकोले उनी सरप्राइजमा परेको जनाइएको हो । उनले २ लाख ६५ हजार रुपैयाँको उल्लेखित मोटरसाकइल खरिद गरेका थिए ।

यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा पाँच हजार देखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सतप्रतिशतसम्म ‘क्यास ब्याक’ अफर प्राप्त गर्नेछ ।

Share News