काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार खुलेको करिब २ घण्टामै ओरालो लागेर १२०७ अंकमा पुगेको थियो । त्यसपछि एक्कासी उकालो लागेर १२३८ अंकमा पुगेको नेप्से अन्तत बजार बन्द हुँदा दोहोरो अंकले घटेको छ । समग्रमा नेप्से १० दशमलब ६३ अंकले घटेर १२२० अंकमा झरेको छ ।

बजारमा सेयर कारोबारमा भने केही सुधार भएको छ । सो दिन ४३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ बढी हो ।
बिहीबार कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह १२० अंकले घटेको छ ।