काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बुधबार ६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ ।
बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सेयर बाँडफाँट भएको छोटो समयमा नेप्से तथा सिडिएससी एण्ड क्लियरीङ्ग लिमिटेडमा सेयर सूचिकृत गर्न सफल भएको हो । सूचिकृत भएलगत्तै डिम्याट खातामा जम्मा गरिएका सेयरको आगामी बुधबारबाट दोश्रो बजारमा सर्वसाधारणहरुले खरिद बिक्री गर्न सक्नेछ्न ।
एनआईसी एशिया क्यापिटलले साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धक गरेकोे यस संस्थाको साधारण सेयर बाँडफाँट भएको २ साता मै सेयर सूचिकृत गर्न सफल भएको हो ।