काठमाडौं । प्रदेश सरकारका अप्ठेराहरुका बारेमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी ओली समक्ष ६ घण्टा ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नै कार्यालयमा बुधबार सातै प्रदेशका मुख्य मन्त्री र महान्यायधिवक्तासहित केन्द्र सरकारका अर्थ, गृह र रक्षामन्त्रीसहित वृहत छलफल गरेका हुन् ।
छलफलमा सात प्रदेशका मुख्य मन्त्रीहरुले आफ्ना समस्याहरुका बारेमा आधा घण्टा भन्दा बढि समय बोलेको थिए ।
बैठकमा सातै वटा प्रदेशका मुख्यमन्त्रीले कर्मचारीको अभाव, कानून नहुदा काम गर्न असजिलो, स्रोत तथा साधनको कमी, पुर्वाधारको अभाव, काम अघि बढाउन अन्यौलता, केन्द्रको असहयोग र समन्वयको अभावलगत एक दर्जन समस्या राखेका थिए ।
मुख्यमन्त्रीको समस्याको बारेमा जवाफ दिदै प्रधानमन्त्री ओलीले ७ वटै प्रदेश सरकार नेपाल सरकार भएको जानकारी गराउदै असफल हुन कसैलाई छुट नभएको बताए । “केन्द्रले गर्नुपर्ने सबैकाम गर्छ तपाईहरुले जनताको अपेक्षाअनुसार काम गर्नुस” प्रधानमन्त्रीले भने ।
बिहान ११ बजेदेखि सुरु भएको प्रदेशका मुख्यमन्त्रीको बैठक ५ बजे सकिएको थियो ।