नेप्से २४ अंकले घट्दा यूनिलिभर नेपालको सेयर मूल्य १५१० रुपैयाँले वृद्धि

<p>काठमाडौं । बैंकहरुको महंगो ब्याजदरका कारण सेयर बजार दिनानुदिन घट्दै गएको छ । निरन्तर घट्दै गएको बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको सो दिनको नेप्से परिसूचक अन्तत बजार बन्द हुँदा २४.४० अंकले घटेर १२३१ अंकमा झरेको छ । बैंकहरुको ब्याज दोहोरो अंकले बढेपछि सेयर बजारमा निकै नकरात्मक [&hellip;]</p>

काठमाडौं । बैंकहरुको महंगो ब्याजदरका कारण सेयर बजार दिनानुदिन घट्दै गएको छ । निरन्तर घट्दै गएको बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको सो दिनको नेप्से परिसूचक अन्तत बजार बन्द हुँदा २४.४० अंकले घटेर १२३१ अंकमा झरेको छ ।

बैंकहरुको ब्याज दोहोरो अंकले बढेपछि सेयर बजारमा निकै नकरात्मक असर परेको देखिन्छ । सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको छ ।

बजारमा परिसूचकमा गिरावट आएतापनि सेयर कारोबारमा भने केही सुधार भएको छ । बुधबारको बजारमा अघिल्लो दिनको तुलनामा करिब ५ करोड रुपैयाँबढीको सेयर किनेबेच भएको छ । सो दिन कुल ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ३२ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

दोहोरो अंकले घटेको बजारमा पनि यूनिलिभर नेपालको सेयर मूल्यमा वृद्धि भएको छ । एकैदिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १५१० रुपैयाँ कमाएका छन् । अर्थात यस कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६.११ प्रतिशतले बढेको छ । बुधबार मात्रै यस कम्पनीको सेयर मूल्य १५१० रुपैयाँले बढेर प्रतिकित्ता २६ हजार २११ रुपैयाँ भएको छ ।

बजारमा उत्पादनमूलक समूह ५८ अंकले उकालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह १८६ अंकले घटेका छन् ।

Share News