जनता बैंकको नयाँ निक्षेप खातामा वार्षिक ७ प्रतिशत व्याज सहित १० लाखको दुर्घटना बीमा

<p>काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । यो बचत योजना यहि चैत ७ गते देखि लागु हुनेछ । विभिन्न विशेषताहरु सहित ल्याएको यस योजनामा न्यूनतम निक्षेप १० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । त्यस्तै, वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । यो बचत योजना यहि चैत ७ गते देखि लागु हुनेछ ।

विभिन्न विशेषताहरु सहित ल्याएको यस योजनामा न्यूनतम निक्षेप १० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । त्यस्तै, वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने र बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा प्रदान गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी, बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा १ लाखसम्म र भर्ना नभई उपचार गर्दा ५ हजार रुपैयाँसम्मको उपचार खर्चको बीमा गरिएको छ ।

साथै, यस योजना अन्तर्गत बैंकले बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, अन्य खातामा जस्तै एटीएम, एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआश्वा सुविधामा पनि रहेको बैंकले जनाएको छ ।

यस नयाँ निक्षेप खाता सबै उमेर समूहका ग्राहकहरुले खोल्न सक्नेछन् । यसको लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेवामा हुने आकासिदो खर्चबाट राहत पाउने बैंकको विश्वास छ ।

बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Share News