
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कार्यक्षेत्र विस्तार गरी १९ जिल्लामा पुर्याउने भएको छ ।
संस्थाले हालको कार्यक्षेत्र रहेको १० जिल्लाबाट ९ जिल्लामा विस्तार गर्न लागेको हो ।
संस्थाले चैत २९ गते बस्ने तेस्रो वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । संस्थाले प्रदेश नम्बर १ मा झापा, इलाम, ताप्लेजुङ, मोरङ, संखुवासभा, ओखलढुङा, सोलुखुम्बु रहेका छन् ।यस्तै प्रदेश नम्बर २ मा सिराह र सप्तरी जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने संस्थाले जानकारी दिएको छ ।