सिभिल बैंकको ३१ लाख २१ हजार कित्ता संस्थापक हकप्रद सेयर बिकेन, पुनः बोलपत्र आब्हान

<p>काठमाडौं । संस्थापक सेयर बिक्री नभएपछि सिभिल बैंकले लिलामीका लागि पुनः बोलपत्र आब्हान गरेको छ । लिलामी खुला गर्दा १ करोड ३० लाख रुपैयाँ बराबरको मात्र संस्थापक हकप्रद बिक्री भएपछि बाँकी रहेको ३१ लाख २१ हजार ६०० कित्ता पुनः बिक्री खुला गरेको हो । बैंकको संस्थापक सेयर बिक्री चैत १४ देखि खुलाभई २१ गतेसम्मलाई तोकिएको [&hellip;]</p>

काठमाडौं । संस्थापक सेयर बिक्री नभएपछि सिभिल बैंकले लिलामीका लागि पुनः बोलपत्र आब्हान गरेको छ । लिलामी खुला गर्दा १ करोड ३० लाख रुपैयाँ बराबरको मात्र संस्थापक हकप्रद बिक्री भएपछि बाँकी रहेको ३१ लाख २१ हजार ६०० कित्ता पुनः बिक्री खुला गरेको हो ।

बैंकको संस्थापक सेयर बिक्री चैत १४ देखि खुलाभई २१ गतेसम्मलाई तोकिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । बैंकले बिक्री नभएको संस्थापक र सर्वसाधारण गरी ४२ लाख कित्ता बढी हकप्रद पुनः लिलाम गरेको थियो ।

सर्वसाधारण तर्फ छुटट्याइएको ९ लाख कित्ता सबै बिक्री भएको लक्ष्मीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) आतिस श्रेष्ठले जानकारी दिए । साधारण हकप्रद प्रतिकित्ता १३३ रुपैयाँमा बिक्री भएको छ । चुक्तापुँजी बढाउन सिभिलले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

 

Share News