नेपाल बङ्गलादेश बैंकको नयाँ एटीएम सेवा वसन्तपुरको झोँछेमा

<p>काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र वसन्तपुरको झोछेँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५१औं एटीएम सेवा हो । बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरेका छन् । यस सेवाले वसन्तपुर क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ । बैंकले यही गत [&hellip;]</p>

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र वसन्तपुरको झोछेँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५१औं एटीएम सेवा हो ।

बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरेका छन् । यस सेवाले वसन्तपुर क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ ।

बैंकले यही गत पुससम्म ४३ करोड ८० लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Share News