अर्थमन्त्री खतिवडाले व्यापारीलाई भने– विलविजकका आधारमा सामान बेच्नुस

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विलविजकको आधारमा सामान बिक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोगका लागि आग्रह गरेका छन् । व्यापारीले विल विजकका आधारमा कारोबार गरे भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने भन्दै उनले इमान्दारिता देखाउन व्यापारीलाई आग्रह गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको व्यापारी प्रधिनिधिमण्डलले मंगलबारको भेटमा उनले [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विलविजकको आधारमा सामान बिक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोगका लागि आग्रह गरेका छन् ।

व्यापारीले विल विजकका आधारमा कारोबार गरे भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने भन्दै उनले इमान्दारिता देखाउन व्यापारीलाई आग्रह गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको व्यापारी प्रधिनिधिमण्डलले मंगलबारको भेटमा उनले बजार अनुगमनका क्रममा फरकफरक निकायहरुले अनुगमन गर्दा समस्या उत्पन्न हुने गरेको भन्दै अब अख्तियारी प्राप्त निकायले मात्रै एकद्धार प्रणाली अन्तर्गत अनुगमन हुने व्यवस्था मिलाउने जानकारी दिए ।

बैंकमा अहिले देखिएको तरलता समस्याको दीर्घकालिन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको उनले बताए । यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिने उनले जानकारी दिए ।

आयातित मालसामानहरु सन्दर्भ मूल्यअनुसार जाँंचपास गर्न लागेकोले व्यवसायीहरुलाई मर्कामा परेको अध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए । अध्यक्ष श्रेष्ठले कारोबार मूल्यको आधारमा भन्सारमा भन्सार जाँंचपास हुनुपर्नेमा जोड दिएका थिए ।

बजार अनुगमनको क्रममा व्यापारीको कुरै नसुनी पहिला थुन्ने गरेको भन्दै यसतर्फ सरकारको विशेष ध्यान जानुपर्ने सुझाएका थिए ।

Share News