काठमाडौं । चालु आर्थिक वर्ष शुरुभएपछि विभिन्न ५७ कम्पनीको १४ अर्ब ४१ करोड रुपैयाँ बढीको बोनस सेयर सुचिकृत भएको छ ।
कारोबारका लागि बोनस सेयर सुचिकृत हुनेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर सुचिकृत भएका छन् ।
सबैभन्दा कम नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । उसले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिएको छ । हालसम्म सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले ११४ प्रतिशत बोनस दिएको छ । यस्तै कालिका माइक्रोक्रेडिट वित्तीय संस्था लिमिटेडको ६५ प्रतिशत बोनस सेयर सुचिकृत भएको छ ।

(थप क-कसको भयो? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)