ऊर्जामन्त्री पुनले भने –भारतबाट बिजुली आयात छिट्टै बन्द हुन्छ

<p>काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले भारतबाट हुने बिजुलीआयात प्रतिस्थापन गरी ऊर्जामा मुलुकमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेका छन् । उनले लोडसेडिङ हटाउन भारतबाट आयात भइरहेको ५ सय मेगावाट बिजुली आयात प्रतिस्थापन गर्ने सरकारको पहिलो योजना रहेको उनले सुनाएका हुन् । मन्त्री भएपछि मन्त्रालयमा पत्रकारसंग अन्तरक्रिया गर्दै उनले नेपालले बिजुली, पेट्रोलियम गरी भारतबाट [&hellip;]</p>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले भारतबाट हुने बिजुलीआयात प्रतिस्थापन गरी ऊर्जामा मुलुकमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेका छन् ।

उनले लोडसेडिङ हटाउन भारतबाट आयात भइरहेको ५ सय मेगावाट बिजुली आयात प्रतिस्थापन गर्ने सरकारको पहिलो योजना रहेको उनले सुनाएका हुन् । मन्त्री भएपछि मन्त्रालयमा पत्रकारसंग अन्तरक्रिया गर्दै उनले नेपालले बिजुली, पेट्रोलियम गरी भारतबाट मात्रै वार्षिक डेढ खर्ब रुपैयाँको ऊर्जा आयात गरिरहेको जानकारी दिए ।

“अब सरकारले बिजुली र ग्यासको आयात प्रतिस्थापन गर्नेछ” उनले भने “केही वर्षमा नेपाल आत्मनिर्भर हुने छ ।” १० वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्ने बताउदै उनले सरकारको ध्यान ऊर्जा उत्पादनमा जाने स्पष्टपारे ।

आयोजना बनाउने वास्तविक प्रवद्र्धकलाई लाइसेन्स दिने उनले बताए । “जलविद्युतमा धेरै विचौलिया देखेको छु” उनले भने अब आयोजना ओगटेर र व्यापार गर्नेका दिन गए । काम गर्नेले मात्र बिजुलीको लाइसेन्स पाउने छन् ।”

सरकारले ५० प्रतिशत जलसययुक्त आयोजना निर्माण गर्ने योजना राखेको बताए । निर्माणधिन माथिल्लो तामाकोसी आयोजनामा ढिलाइ भइरहेको बताउदै उनले यसलाई गति दिने जानकारी दिए ।

Share News