काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले थप २ शाखा र ५ शाखा रहित बैकिङ्ग गरि ७ वटा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले कारोबार विस्तारको क्रममा थप २ शाखा बाराको सिमरौनगढ र पोखराको बुढीबजारबाट कारोवार शुरु गरेको छ ।
साथै, बैंकले कैलालीको बनवेहडा, दुर्गौली र स्याउले बजार तथा दाङको मौरीघाट र फलकापुर गरी ५ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
यससगै, हाल बैंकले ९८ शाखा, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।