
काठमाडौं बिक्री नभएपछि साँग्रीला डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले ९ लाख १ हजार ९९७ कित्ता हकप्रद सेयर लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ ३ लाख ९२ हजार ७७२ र सर्वसाधारणतर्फ ५ लाख ९ हजार २२५ कित्ता हकप्रद सेयर लिलाम हुन लागेको हो ।
हकप्रद खरिदका लागि बोलपत्र पेश गर्ने चैत १३ गतेदेखि खुलाभई २० गते बन्द हुने बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्र फारम प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, साँग्रील डेभलपमेन्टको बालुवाटर र शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, वीरगञ्ज र धनगढीमा पाइने छ ।
चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई गत पुस १७ देखि माघ २९ गतेसम्म हकप्रद निष्कासन गरेकोमा आवेदन नपरेको हकप्रद लिलामी गर्न लागेको हो ।