काठमाडौं । एभरेष्ट बैंकको थप नयाँ शाखा विराटनगरमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन सोमबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।
कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, अर्थ तथा योजनामन्त्री इन्द्रबहादुर आङबो, बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
हाल यस बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।