काठमाडौं । स्मार्टफोन जगतमा विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा यी दुई फोनको मूल्य १ हजार ०२५ र रुपैयाँ ६ हजार ८२० रुपैयाँमात्र रहेको छ ।

माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ ।
कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोनमा क्यु ३५३ हो, यस फोनमा १.३ जीएचजेट क्वाड क्वोर र १ जीबी र्याम रहेको छ । ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०ह१२८० पिक्सल रिजोलुसन रहेको छ । यस फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्टमको जडान गरिएको छ ।
यसमा प्रसस्त स्टोरेज क्षमता रहेको छ । १ जिबी र्याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ । थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।
माइक्रोम्याक्सले ल्याएको क्यु३ एन्ड्रोयड बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ । जसले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन ।