गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ४० प्रतिशत सम्पन्न, असारसम्ममा पीच हुने

<p>काठमाडौं । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सकिएको छ । विमानस्थलको भवन निर्माण र रनवेको निर्माण गरी समग्रमा ४० प्रतिशत काम सकिएको हो । विमानस्थलको आगामी असार सम्ममा पीच भैसक्ने विमानस्थल आयोजनाका प्रमुख ओमनारायण शर्माले बताए । ‘विमानस्थलको अहिले उच्च गतिमा काम भैरहेको छ, निर्माणाधिन भवनमा [&hellip;]</p>

काठमाडौं । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सकिएको छ । विमानस्थलको भवन निर्माण र रनवेको निर्माण गरी समग्रमा ४० प्रतिशत काम सकिएको हो ।

विमानस्थलको आगामी असार सम्ममा पीच भैसक्ने विमानस्थल आयोजनाका प्रमुख ओमनारायण शर्माले बताए । ‘विमानस्थलको अहिले उच्च गतिमा काम भैरहेको छ, निर्माणाधिन भवनमा अहिले छाना राख्न लागिएको छ, रनवे अगामी वर्षको असारसम्ममा पीच भैसक्नेछ’, शर्माले विकासन्युजसँग भने ।

धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम सकिन २ महिना लााग्नेछ । त्यसपछि अन्तिम चरणको बिटामिन लेयरको काम शुरु हुनेछ । बिटामिन लेयरको काम सकिन करिब ४ महिना लाग्नेछ । विमानस्थलको धावनमार्ग पिच भैसकेपछि सन् २०१९ को अन्त्यसम्ममा सबै काम सकिने आयोजना प्रमुख शर्माले बताए ।

चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरिरहेको यस विमानस्थलमा २ सय जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कामदारले काम गरिहेका छन् ।

सरकारले राष्ट्रिय गौरवको रुपमा अघि बढाएको सो आयोजना सन् २०१७ मै सकिने लक्ष्य लिइएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीले तोकिएको समय भन्दा बढी समय लाग्न गएको अायोजनाका अधिकारीहरुले बताएका छन् ।

विमानस्थल निर्माण सम्पन्न भएपछि ६ वटा अन्तर्राष्ट्रिय जहाज र ४ वटा स्वदेशी जहाज पार्किङ गर्न सकिनेछ । अहिले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ४ सयसम्म दैनिक उडान भरिरहेको छ । कतिपय विमानहरुले अवतरण गर्नको लागि आकाशमै कुर्नु परेको एयरलाइन्स कम्पनीहरुले बताएका छन् ।

आयोजनाको लागि नेपाल सरकार, एसियाली विकास बैंक र ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोगले लगानी गरेका छन् । आयोजना ६ अर्ब रुपैंया लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Share News