ब्ल्याक होलबाट यसरी जोगियो एनसीसी बैंकः डेढ अर्ब प्रोभिजन गर्दा पनि ४०० प्रतिशत नाफा वृद्धि

<p>काठमाडौं । तत्कालिन एपेक्स डेभलपेन्ट बैंकका अध्यक्ष र व्यवस्थापकले गरेको गल्तिका कारण ब्ल्याक होलमा पुगेको एनसीसी बैंक अन्ततः जोगिएको छ ।  नेपाल राष्ट्र बैंकको तदारुकता र केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)को हस्तक्षेपले एनसीसी बैंकको १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ खराब कर्जाको ब्ल्याक होलबाट मुक्त भएको हो । एपेक्सको तत्कालिन नेतृत्वले कमसल धितो राखेर डेढ [&hellip;]</p>

काठमाडौं । तत्कालिन एपेक्स डेभलपेन्ट बैंकका अध्यक्ष र व्यवस्थापकले गरेको गल्तिका कारण ब्ल्याक होलमा पुगेको एनसीसी बैंक अन्ततः जोगिएको छ ।  नेपाल राष्ट्र बैंकको तदारुकता र केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)को हस्तक्षेपले एनसीसी बैंकको १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ खराब कर्जाको ब्ल्याक होलबाट मुक्त भएको हो ।

एपेक्सको तत्कालिन नेतृत्वले कमसल धितो राखेर डेढ अर्ब कर्जा हिनामिना गरेको थियो । एपेक्सलाई एनसीसीमा मर्ज गरिएपछि सो दायित्व समेत एनसीसी बैंकमा सरेको थियो । खराब कर्जाका लागि एनसीसीले डेढ अर्ब रुपैंयाँ प्रोभिजन गरेको थियो । डेढ अर्ब प्रोभिजनका बावजुद एनसीसीको ४०० प्रतिशत बढेको छ ।

कर्जा हिनामिनामा संलग्नहरु पक्राउ परेसँगै अब उनीहरु विरुद्ध अदालतमा मुद्धा चल्नेछ । अदालतले दोषी करार गरेको खण्डमा हिनामिना गरिएको कर्जा कसुरदारहरुबाट असुलिनेछ । १४ जना कसुरदारसँग डेढ अर्ब असुलिएसँगै बैंकले प्रोभिजन गरेको रकम बैंकको आम्दानीमै गणना हुनेछ । यसपछि बैंकको नाफा बढ्छ, खराब कर्जाको अनुपात घट्छ र स्थिर कोष पुन तरल अवस्थामा आउनेछ ।

प्रोभिजनका बावजुद ४०० प्रतिशत आम्दानी बढाएको बैंकले डेढ अर्ब समेत कोषमा आउँदा कम्पनी थप मजबुत हुनेछ । केन्द्रिय बैंकले गरेको अध्ययन र सीआईबीको छापासँगै कमसल कर्जामा मुछिएका अभियुक्तहरुले अदालतबाट सफाया पाउने सम्भावना अत्यन्तै न्युन देखिएको बैंक सम्वद्ध श्रोतले बतायो । डेढ अर्ब खराब कर्जा र त्यसका लागि गरिएको प्रोभिजनबाट मात्रै अब बैंक मुक्त भएको छैन, एउटा ल्याक होलबाट पनि सफल अवतरण गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कर्जा नोक्सानी व्यवस्थापन भइसकेकाले बैंकको वित्तीय अवस्थामा कुनै असर नपर्ने देखिएको हो ।  नाफा ४ गुणा बढेकाले सो ऋण नउठे पनि बैंकलाई असर नगर्ने देखिएको हो । अघिल्लो वर्ष २०७३ पुस मसान्तमा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले चालु आवको पुस मसान्तमा २८ करोडले वृद्धि गरेर खुदनाफा ३५ करोड रूपैयाँ पुर्याएको हो ।

बैंकको नाफामा ३४ करोड ६९ लाख रुपैयाँ राइट ब्याकको हिस्सा छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर नेटवर्थ १६२.२९ रुपैंयाँ रहेको छ । बैंक डुवाउनेलाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर गरेको अभियोगमा १३ जना कर्मचारीलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।

पक्राउ परेका सबै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी रहेको सीबीआईले जनाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।

यसरी कर्जाको दुरुपयोग भयो

२०७२ मंसिर २१ गते एनसीसीसंग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि एपेक्सका अध्यक्ष तथा हाल एनसीसीका सञ्चालक विष्णुप्रसाद धितालले सोको फाइदा उठाउदै दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउने काम गरेको सीआईबीको अध्ययनले देखाएको छ । कुल २ अर्ब रुपैयाँ दुरुपयोग भएकोमा करिव ४८ करोड रुपैयाँ असुली गरिएकोको छ ।

कमसल धितो राखिएको र बढी मूल्याँकन गरिएको, नक्कली ऋणी खडा गरी उनीहरुको बढी आम्दानी देखाइएको, मोटरबाटो नपुगेको भीर र पाखो भएको जग्गामा बाटो देखाइएको, नभएको गरेर कर्जाको दुरुपयोग भएको सीआईबीको ठहर छ । जग्गाको निरीक्षणलगायत सबै काम एकै दिन पुरा गरेर सोही दिन कर्जा लिएको जस्ता १२ अभियोग लगाइएका छन् ।

Share News