एनसीसीमा शुक्रबार के भएको थियो ? यसरी पक्राउ परे सञ्चालक विष्णु धिताल

<p>काठमाडौं । शुक्रबार बिहान ८ बजे चुक्तापुँजी ८ अर्ब रुपैयाँ कसरी पुर्याउने भन्ने विषयमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सञ्चालक समिति बैठक बसेको थियो । बैंकका आधारभूत सेयरधनीले हकप्रद सेयरका लागि चैत ५ गतेभित्र पैसा बुझाई सक्नुपर्ने थियो । धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन र कम्पनी रजिष्टार कार्यलयबाट स्वीकृति नभइ हकप्रद सेयर नकिन्ने एनबी [&hellip;]</p>

काठमाडौं । शुक्रबार बिहान ८ बजे चुक्तापुँजी ८ अर्ब रुपैयाँ कसरी पुर्याउने भन्ने विषयमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सञ्चालक समिति बैठक बसेको थियो । बैंकका आधारभूत सेयरधनीले हकप्रद सेयरका लागि चैत ५ गतेभित्र पैसा बुझाई सक्नुपर्ने थियो ।

धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन र कम्पनी रजिष्टार कार्यलयबाट स्वीकृति नभइ हकप्रद सेयर नकिन्ने एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले अडान लिएपछि पुँजीवृद्धिमा समस्या आएपछि यसको निकास निकाल्न बैक सञ्चालकले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसंग भेट गर्ने निर्णय लिए । र, गभर्नर नेपालसंग बिहान सवा १० बजेको समय पनि लिइयो ।

छलफल गर्न बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेलगायत सबै सञ्चालक गभर्नर भेट्न नेपाल राष्ट्र बैंक पुगेका थिए । छलफलमा गभर्नरनका अतिरित बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल पनि सहभागी भएका थिए । आधा घण्टा भेटघाटपछि सञ्चालक राष्ट्र बैंकबाट बाहिरिएर राजधानीको कमलादीस्थित एक होटलमा खानाखान बसेका थिए ।

खाना खाएर छुट्ने वित्तिकै सीआईबीको टोलीले बैंकका सञ्चालक धिताललाई पक्राउ गरेको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए ।

 

Share News