काठमाडौं । बाग्मति साना जलविद्युत आयोजनाले १२४ घरधुरीलाई जग्गाको मुआब्जा वितरण गर्ने भएको छ ।

२२ मेगावट क्षमताको ६६ केभी विद्युत लाइन प्रसारण गर्न १३.६ किलोमिटरभित्र पर्ने जग्गाको मुआब्जा वितरण गर्न लागेको हो ।
मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका वडा नं ५, ६, ७ र ८ भित्र पर्ने १५६ जना घरधुरीलाई मुआब्जा वितरणको काम सुरु गर्न लागिएकाे हाे ।
आयोजनाले मुआब्जा वितरणको लागि १५ दिनको समय अवधि तोकेको छ । १५ दिन भित्र सम्बन्धित जग्गा धनिले जग्गाको प्रमाणपत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने छ ।