हिमालय ऊर्जा विकासको साधारणसभा चैत २४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने

<p>काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आउदो सोमबारसम्म आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । उनले आब्हानपत्र [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आउदो सोमबारसम्म आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । उनले आब्हानपत्र पनि बोर्डले पारित गरिसकेको जानकारी दिए छ ।

आउदो २४ गते हुने १७ औं वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने दुलालले जानकारी दिए । कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।

Share News