जुत्ता चप्पल उद्योगी एउटै छाता मुनी, भृकुटीमण्डपमा बिजनेस एक्स्पो

<p>काठमाडौं । नेपालका अधिकांश ठुला जुत्ता चप्पल उद्योगीले एउटै छातामुनी बिजनेश एक्स्पो आयोजना गरेका छन् । राजधानीको भृकुटीमण्डपमा सुरु भएको फुटवेयर बिजनेश एक्स्पोमा ५० भन्दा बढि जुत्ता चप्पल उद्योगहरुका उत्पादन खरिद गर्न पाइन्छ । चैत १ गतेदेखि सुरु भएको एक्स्पो २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पो उद्घाटन गर्दै प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले [&hellip;]</p>

काठमाडौं । नेपालका अधिकांश ठुला जुत्ता चप्पल उद्योगीले एउटै छातामुनी बिजनेश एक्स्पो आयोजना गरेका छन् । राजधानीको भृकुटीमण्डपमा सुरु भएको फुटवेयर बिजनेश एक्स्पोमा ५० भन्दा बढि जुत्ता चप्पल उद्योगहरुका उत्पादन खरिद गर्न पाइन्छ । चैत १ गतेदेखि सुरु भएको एक्स्पो २५ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पो उद्घाटन गर्दै प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले समृद्धिको यात्रा तय भएको बताएका थिए । एक्स्पोमा १४० भन्दा बढी स्टलहरु रहेका छ् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा सुरु भएको मेलाले नेपाली जुत्ता चप्पलहरुको बजारीकरणमा सहयोग पुग्ने म्यानका अध्यक्ष रविन कुमार श्रेष्ठले बताए । हाल नेपाली जुत्ता चप्पलमध्ये ८० प्रतिशत ३ नम्बर प्रदेशबाटै उत्पादन भैरहेको छ ।

मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले विगतमा २–४ वटा निजि उत्पादकहरुले साना तिना मेला गर्ने गरेको भए पनि अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पोको रुपमा बृहत मेला सञ्चालन भएको बताए । मेलाले ५ करोड बढीको कारोबार गर्ने तथा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

 

Share News